अफगानिस्तानका विषयमा छलफल गर्न रुसले बोलायो बैठक
नेपालखोज
२०७८ कार्तिक २ गते ७:४४

काबुल । रुसले अफगानिस्तानको पछिल्लो स्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको छ । जसमा मुख्य एजेण्डा अफगानिस्तानको मानवीय र आर्थिक संकट हुनेछ ।
अक्टोबर २० का लागि रुसले अमेरिका, चीन, पाकिस्तान, र तालिवानी प्रतिनिधिलाई समेत बैठकमा बोलाइएको छ । अमेरिकाले भने बैठकमा सहभागी हुन अस्वीकार गरेको छ ।
रुसमा हुन लागेको मस्को फर्मेट बैठकमा सहभगाी नहुने जनाउँदै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले अफगानिस्तानको अवस्थाबारे अमेरिका चिन्तित रहेपनि बैठकमा सामेल नहुने स्पष्ट पार्नु भएको छ ।
गत अगष्टमा तालिवानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि हुन लागेको यो पहिलो विश्वस्तरीय बैठक हो ।
सम्बन्धित
प्रतिक्रिया