मंगलबार, वैशाख ११, २०८१

विश्वका सर्वाधिक महँगा सहर

नेपालखोज २०७९ मंसिर २० गते ११:१६

काठमाडौं । विश्वका सर्वाधिक महँगा सहरको सुची सार्वजनिक भएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (EIU) ले विश्वका सबैभन्दा महँगा सहर सम्बन्धि सार्वजनिक गरेको सूचीमा न्यूयोर्क र सिंगापुर संयुक्त रूपमा विश्वकै महँगा सहरमा परेका छन् । न्युयोर्क वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो ।

गत वर्ष सार्वजनिक गरिएको वरियतामा पहिलो नम्बरमा रहेको तेल अवीव अहिले तेस्रो स्थानमा छ । समग्रमा, यो वर्ष विश्वका ठूला सहरहरूमा जीवनयापनको औसत लागत ८ दशमलब १ प्रतिशतले बढेको छ।

अमेरिकाको लस एन्जलस र सान फ्रान्सिस्को पनि महँगो सहरको शीर्ष १० मा परेका छन् । लस एन्जलस हङकङसँगै चौथो स्थानमा छ भने सान फ्रान्सिस्को आठौं स्थानमा छ । यो वर्षको सुरुमा, अमेरिकी मुद्रास्फीति ४० वर्ष यता कै उच्च थियो। अमेरिकाक‍ो उच्च मुद्रास्फीति न्यूयोर्क महँगो सहरको सूचीको शीर्ष स्थानमा पुग्नुको एउटा कारण हो। युक्रेनमा युद्ध र कोविड को प्रभाव मुद्रास्फीतिको कारक मानिन्छ।

शीर्ष १० मा परेका अन्य देशको कुरा गर्ने हो भने स्विट्जरल्याण्डको जुरिच सहर छैटौं, स्वीट्जरल्याण्डकै राजधानी जेनेभा सातौं, अमेरिकाको सान फ्रान्सिस्को आठौं, फ्रान्सको राजधानी पेरिस नवौं , अस्ट्रेलियाको सहर सिड्नी र डेनमार्कको राजधानी कोपेनहेगन संयुक्त रुपमा दशौं स्थानमा छन् ।

रुसको राजधानी मस्को तथा रुसी सहर सेन्ट पिटर्सबर्ग क्रमशः ८८ र ७० स्थानबाट बढेर ३७औँ र ७३औँ स्थानमा पुगेका छन्, रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमी प्रतिबन्धका कारण । सर्वेक्षणले १७२ वटा शहरमा वस्तु र सेवाहरूका लागि तिर्नुपर्ने मुल्य लाई अमेरिकी डलरमा तुलना गरेर यो शुचि तयार गरेको हो । यो वर्षको समीक्षामा कीभलाई भने समावेश गरिएको थिएन।

विश्वका सबैभन्दा महँगा सहरको कुरा गर्दा सिरियाको राजधानी दमास्कस १७२औँ (सबैभन्दा महँगो) स्थानमा छ । भारतको अहमदाबाद सहर १६५औँ, चेन्नई १६४औँ तथा बेंगलुरु १६१औँ स्थानमा छन । EIU ले संसारभरका १७२ शहरमा २०० भन्दा बढी उत्पादन तथन सेवाहरूमा ४०० भन्दा बढी मूल्यक‍‍ो तुलना गर्छ। य‍ो अनुसन्धानको नेतृत्व गर्ने उपासना दत्तले युक्रेनमा भएको युद्ध, रुसमाथिको पश्चिमी प्रतिबन्ध र चीनको शून्य कोभिड नीतिले संसारभर “सप्लाई चेनमा समस्या सिर्जना गरेको” बताइन्। “बढ्दो ब्याज दर तथा विनिमय दर परिवर्तनले संसारभर लागतक‍ो संकट सिर्जना गरेको छ,” दत्तले भनेकि छिन ।

प्रतिक्रिया