माओवादी स्थायी समिति बैठक बस्दै, विभाग गठनको विषयमा निर्णय हुने
नेपालखोज
२०७८ कार्तिक २ गते ७:५६

काठमाडौं । हिजोबाट सुरु नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ ।
पार्टीको आगामी सम्मेलनबारे छलफल गर्न आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर छलफल भइरहेको छ । प्रदेश, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरू गठनको विषयमा आज निर्णय हुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया