मोहम्मद जयन्ती आज, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
नेपालखोज
२०७८ कार्तिक २ गते ८:०५

काठमाडौं । आज मोहोम्मद जयन्ती । मुस्लिम समुदायले विभिन्न कार्यक्रमकासाथ मनाउँदैछन् । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदासमेत दिएको छ ।
मोहोम्मद जयन्तीको अवसरमा आज राष्ट्रिय मुस्लिम आयोगलगायतका मुस्लिम संघ संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो अलैहे वसल्लमको शुभ जन्मोत्सवलाई मुस्लिम धर्मावलम्बीले विशेष दिनको रुपमा मनाउने गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया