घट्न थाल्यो तरकारीको भाउ

काठमाडाैं । दसैँ सुरु हुँदा आकाशिएको तरकारी तथा फलफुलको भाउ विस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुदाँ तरकारी तथा फलफुलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो ।
दसैँको समयमा खासगरी गोलभेडा, काक्रो, काउली लगायतका केही वस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो ।
दसैँको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुले गुनासो थियो । तर, दसैँ सकिएसँगै तरकारी तथा फलफुलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए ।
उनले माग सामान्य हुदैं गएकोले मूल्य पनि विस्तारै समान्यकरण हुदैं गएको काराण मूल्य घट्ने क्रम जारी रहेको बताए । गलभेडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उनले बताए।
समितिका उपनिर्देशक श्रेष्ठले यस वर्ष बढी वर्षा भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दाबी गरे ।
यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दसैँको समयमा मूल्य बढेको बताए । दसैँको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म समान भित्रिएको थियो ।
अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाई छ । दशैं, तिहार लगायतको चाडपर्वको बेला व्यापारीहरुले हरेको सामानको अत्याधिक वृद्धि गर्ने गरेको छन् ।
सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको बेला अनुगमनलाई तिब्रता दिने गरेपनि व्यापारीहरुले भने हरेक वर्ष हरेक सामान्यको मूल्य अत्याधिक वृद्धि गर्ने गरेको छन् ।

प्रतिक्रिया