महाकाली नदीको टापुमा ५ जना फसे

नेपालखोज २०७८ कार्तिक २ गते ११:३०

काठमाडौं । महाकाली नदीको बिच टापुमा कुखुरा पालन गरेर टापुमा बस्दै आएका ५ जना फसेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा उनीहरु फसेका हुन् ।

उनीहरू पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका छन् । उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको बताइएको छ ।

प्रतिक्रिया