मन्त्रीको आश्वासन- के सहयोग चाहिन्छ भन्नुस् ? सहयोग गर्न सरकार कटिबद्ध छ

नेपालखोज २०७८ कार्तिक २ गते १५:४९

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

सो अवसरमा उनीहरुले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी लिएका छन्। महाकाली नदीको बाढी पसेर डुवानमा परेका परिवारलाई समेत भेटघाट गर्दै मन्त्री खड्काले तत्काल राहत र अन्य सहयोगका लागि कार्य अगाडि बढाउन सरकार तत्पर रहेको बताए।

बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा नियकालाई निर्देशन दिँदै उनले भने , ‘थप के सहयोग चाहिन्छ, त्यसका लागि प्रदेश सरकार कटिबद्ध छ ।’

मन्त्री खड्काले बेमौसममा आएको वर्षाले भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै डुबानसँगै किसानको धानबालीमा व्यापक क्षति गरेको उल्लेख गर्दै प्रदेशका तर्फबाट किसानलाई हरसम्भव सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया