प्रकोपबाट प्रभावित नौवटै जिल्लामा तत्काल २५-२५ लाख उपलब्ध गराउने

नेपालखोज २०७८ कार्तिक २ गते १८:४८

कैलाली । सुदूरपश्चिमका प्राकृतिक प्रकोपबाट प्रभावित नौवटै जिल्लामा तत्कालका लागि २५–२५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५–२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने भए पनि तत्कालका लागि भने सबै जिल्लालाई २५र२५ लाख उपलब्ध गराउने निर्णय गरेको बताइन् ।

प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहत उपलब्ध गराउन सो बजेट प्रयोग गर्न सकिने मन्त्री जोशीले बताइन् । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा हुनेछ ।

प्रतिक्रिया