कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि पशुपतिनाथमा दिवसीय महायज्ञ हुने

नेपालखोज २०७८ कार्तिक २ गते १९:५८

काठमाडौं । सीताराम नाम संकर्तिन एवम् रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि यही कार्तिक ४ गतेदेखि कार्तिक १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ हुने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त महायज्ञ गर्न लागिएको र त्यसको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिएको हो । समितिका अनुसार यही कात्तिक ३ कलश यात्राको आयोजना गरिएको छ । श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) को संकल्पमा उक्त महायज्ञ हुन लागेको हो ।

कार्यक्रममा बोल्दै श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) ले विश्वका सबैलाई शान्ति राख्नको लागि महोत्सवको आयोजना गरेको जानकारी दिए । बाबाले विश्वभरि अहिले अशान्ति हुँदै गएको भन्दै त्यसलाई रोक्नको लागि आफूहरुले महायज्ञको आयोजना गरेको पनि विश्वास दिलाए ।

उनले महायज्ञले विश्वभर प्रकृतिमा भइरहेको प्रदुषण रोक्ने जिकिर गरे । मानव निर्माण गर्ने भगवान ब्रह्मा र सम्हार गर्ने भगवान शंकरको पुजा गर्न आफुले महायज्ञको आयोजना गर्न लागेको उनको भनाई छ । महायज्ञले मानवमा आएको समस्यालाई हटाउने पनि उनले विश्वास व्यक्त गरे । उनले राम भगवानको नाम ५ मिनेट बसेर जप्दा सबैको मनमा शान्ति हुने बताए ।

प्रतिक्रिया