बिहीबार, वैशाख १३, २०८१

यी हुन् सामसुङ ग्यालेक्सी एस २२ र एस २२ प्लसका विशेषता

नेपालखोज २०७८ कार्तिक ३ गते ८:१५

काठमाडौं । दक्षिण कोरियाली टेक दिग्गज सामसुङले आफ्नो प्रिमियम फ्लागसिप सामसुङ ग्यालेक्सी एस २२ का साथ एस २२ प्लस पनि लन्च गर्ने योजना बनाएको महिनौं भयो । । सम्भवत : आज २० अक्टोबर बुधबार सामसुङले आयोजित गरेको एक समारोहमा आइफोन १३ लाई टक्कर दिने यी फोन सार्वजनिक हुनेछन् । रिपोर्टअनुसार सामसुङले आफ्ना आगामी सिरिजमा खराब अप्टिकल जुम भएका उच्च रिजोल्युसन सेन्सरका विपरीत थ्री एक्स अप्टिकल जुम क्षमतायुक्त नयाँ १० टेलिफोटो सेन्सर प्रयोग गर्दै छ ।

२०० मेघापिक्सलको क्यामेरा
रिपोर्टहरुका मुताबिक, सामसुङ ग्यालेक्सी एस २२ मा २०० मेघापिक्सलको क्यामेरा प्रयोग हुनेछ । यसमा एक्सिनोस २२०० प्रोसेसर जडान गरिएको छ । त्यसका अतिरिक्त यो स्मार्टफोन एचडी प्लस एमोलेड डिस्प्ले र दमदार ब्याट्रीले सुसज्जित हुनेछ ।

ग्यालेक्सी क्लब डट इनका अनुसार, सामसुङ ग्यालेक्सी एस २२ र एस २२ प्लस एक अलग दृष्टिकोणले तयार पारिएका फोन हुन् । रिपोर्टअनुसार ग्यालेक्सी एस २२ सिरिजमा १० मेघापिक्सलको टेलिफोटो लेन्स रहनेछ जसले ग्यालेक्सी एस २०, एस २१ का हाइब्रिड जुमको ठाउँमा थ्री एक्स अप्टिकल जुमलाई सपोर्ट गर्नेछ ।

सामसुङ ग्यालेक्सी एस २२ अल्ट्राको क्यामेरा दुईवटा जुम लेन्सकासाथ एउटा भेरिएबल फोकल लेन्थ थ्री एक्समा र अर्को टेन एक्सकासाथ उपलब्ध हुनेछ । यी दुई टेलिफोटो क्यामेरामा सेन्सरको एउटा सानो अपग्रेड देख्न पाइनेछ । यसमा नयाँ मोडलको १.२२ यूएम पिक्सलका साथ दुईवटा १२ एमपीको सेन्सर प्रयोग हुनेछ र दुवै क्यामेरामा अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) रहनेछ । भनिन्छ, सामसुङ ग्यालेक्सी एस २२ तथा एस २२ प्लसमा ५० मेघापिक्सलको फ्रन्ट क्यामेराले सुसज्जित हुनेछ ।

ग्यालेक्सी एस-२२ अल्ट्रामा ग्यालेक्सी एस २१ को जस्तो दोहोरो १० एमपी टेलिफोटो क्यामेरा सेटअप जारी रहने अनुमान गरिन्छ । त्यसमध्य एउटा लेन्स पेरिस्कोप लेन्स हुनेछ जसले १० एक्स अप्टिकल जुमको सुविधा दिनेछ ।

४५०० एमएएचको ब्याट्री
ग्यालेक्सी एस २२ प्लसमा ४५०० एमएएचको ब्याट्री रहने अनुमान छ । यो फोन एएमडी एमआरएनडीए जीपीयूका साथ एकीकृत एक्सीनोस २२०० चिपसेटद्वारा सञ्चालित हुनेछ । सफ्टवेयर तर्फ ग्यालेक्सी एस २२ एन्ड्रोइड १२ मा आधारित वनयूआई फोर एक्सका साथ प्री-इन्स्टल हुनेछ ।

सामसुङको यो सिरिज यही नोभेम्बरमा ठूलो परिमाणको उत्पादनमा जाने बताइएको छ । यो स्मार्टफोन जनवरी २०२२ सम्ममा संसारभरका उपभोक्तामाझ पुर्‍याउने लक्ष्य लिइएको छ । यो शृंखलाका सबै मोडलका फोन क्वाडकम स्नेपड्रेगन ८९८ चिपसेटद्वारा सञ्चालित हुने बताइएको छ ।

सामसुङको ग्यालेक्सी एस सिरिजअन्तर्गतको पहिलो फोन सन् २०१० मा लन्च भएको थियो । त्यसपछि यो सिरिज निकै लोकप्रिय मानिँदै आएको छ । सन् २०१२ मा आएको ग्यालेक्सी एस थ्री त्यस्तो स्मार्टफोन थियो जसले वर्षको बेस्टसेलर फोन बन्ने सौभाग्य जुटायो । त्यसपछि सामसुङले यो सिरिजअन्तर्गत हरेक साल नयाँ फोन लन्च गर्दै आएको छ र यही परम्परामा यसपटक ग्यालेक्सी एस-२२ सार्वजनिक हुन लागेको हो ।

प्रतिक्रिया