शनिबार, माघ २६, २०८१

बढ्यो सुनको मूल्य

नेपालखोज २०८१ पुष २९ गते ११:०७

काठमाडौं । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएर तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य वृद्धि भइरहेको छ ।

यसैबिच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया