आईसीसी टी-ट्‌वान्टी विश्वकपमा दुई खेल हुँदै

नेपालखोज २०७८ कार्तिक ३ गते ९:५७

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज (बुधबार) समूह ‘ए’ को दुई खेलहरु हुँदैछन् । पहिलो चरणको खेलमाआज नेदरल्याण्डस् र नामिबिया तथा श्रीलंका र आयरल्याण्ड खेल्दैछन् ।

ओमान र युएईमा जारी विश्वकपको पहिलो चरण अन्तर्गतका समूह ‘ए’ को पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबियाबीचकाे खेल हुनेछ । दुई टिमबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा श्रीलंका र आयरल्यान्डबीचकाे खेल हुनेछ । श्रीलंका र आयरल्यान्डबीचकाे खेल राति ७:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया