सुनचाँदीको भाउ बढ्यो, आजको मूल्य कति ?
नेपालखोज
२०७८ कार्तिक ३ गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १०० ले नै बढेको छ ।
आज तेजावी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेको छ । चाँदी आज तोलाको १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया