सिद्धार्थ बैंकको मुद्दती खाता अब अनलाइनबाटै खोल्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै २०७८ कार्तिक देखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।
यसका लागि ग्राहकहरुले बैंकको इजी बैंक प्लेटफर्म प्रयोग गरी भौतिक रुपमा बैंकसम्म नगई घरैबाट आवश्यक विवरण भरी सहजरुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्नेछन् ।
ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् । पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ एप सिद्घार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दे आएको थियो ।
अब ग्राहकहरुले घरबाटै इजी बैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको छ ।
प्रतिक्रिया