‘अन्य दलले दमन गरे, एमाले त्यसलाई चिरेर अघि बढ्छ’

नेपालखोज २०७८ कार्तिक ३ गते १५:३४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलले एमालेलाई दमन गरेको आरोप लगाएका छन् । वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य दलको दमनलाई एमाले चिरेर अघि बढ्ने बताएका छन् ।

उनले भने, ‘हामीलाई दमन गर्ने शक्ति लागि परेको छ । त्यसलाई सामना गरेर अघि बढ्छौँ । हामीसँग धेरै चुनौति ती चुनौतिलाई सामना गरेर अघि बढ्छौँ ।’

त्यस्तै उनले एमालेको स्पष्ट नीति र भिजनसँग अन्य दल हड्बडाएको पनि आरोप लगाएका छन् । उनले भने, ‘अहिले एमाले स्पष्ट भिजनका साथ काम गरिरहेको छ । हाम्रो काम र भिजनलाई देखेर अन्य दल हड्बडाएका छन् ।

अहिलेको सरकारमा रहेका दल पनि चुनावसम्म गठबन्धन के हुन्छ भन्ने डरका साथ अब यो गठबन्धन सँधै रहीरहन्छ चुनावसम्म भन्ने गरेका छन् । यो उनीहरु डराएर भनेको हो ।’ ओलीले सही गन्तव्यमा पुग्ने पार्टी एमाले मात्र भएको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया