शुक्रबार, वैशाख ७, २०८१

अनुसन्धान : विश्वको तापक्रम निरन्तर बढ्दै, अत्याधिक गर्मी हुने

नेपालखोज २०८० जेठ १८ गते ६:५१

काठमाडाैं । करोडौं मानिस जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले नयाँ समस्या सिर्जना गरिरहेको छ । विश्वको तापक्रम निरन्तर बढ्दै गएमा भारत र नाइजेरिया सबैभन्दा बढी प्रभावित हुने एक अनुसन्धानमा उल्लेख छ । संसारको तापक्रम ०.१ डिग्री बढेसँगै १४ करोड जनता कडा गर्मीको चपेटामा पर्ने अनुमान गरिएको छ । हाल विश्वभर ६ करोड मानिस औसत तापक्रम २९ डिग्रीभन्दा माथि भएको ठाउँमा बसिरहेका छन् ।

युनिभर्सिटी अफ एक्सेटर, अर्थ कमिसन तथा नान्जिङ युनिभर्सिटीको ग्लोबल सिस्टम्स इन्स्टिच्युटले गरेको यो अध्ययन नेचर सस्टेनेबिलिटीमा प्रकाशित भएको छ। तापक्रममा २.७ डिग्रीको बृद्धिले ६० करोडभन्दा बढी भारतीय प्रभावित हुनेछन् । यदि यो 1.5 डिग्रीमा सीमित रहयो भने प्रभावित जनसंख्या छ गुणाले घट्न सक्छ। भारतपछि नाइजेरिया बढ्दो गर्मीबाट सबैभन्दा बढी प्रभावित हुनेछ ।

तापक्रम २ दशमलव ७ डिग्रीले बढेसँगै नाइजेरियाका ३० करोड जनता कडा गर्मीको चपेटामा पर्नेछन् । यदि तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित भयो भने यो खतरा ४ करोड जनतामा पर्नेछ । संयुक्त राष्ट्रसंघले आगामी पाँच वर्षभित्र पृथ्वीको औसत तापक्रम १ दशमलव ५ डिग्रीको सीमा नाघेर जाने आशंका व्यक्त गरेको छ । यद्यपि विज्ञहरू के विश्वास गर्छन् भने यो वृद्धि क्षणिक हुनेछ र धेरै चिन्ताजनक हुनेछैन। एल निनो प्रभावको अस्थायी उदयका कारण कोइला, तेल र ग्यास जलेर तापक्रम बढ्दै जाँदा तापक्रममा अस्थायी उछाल आउने वैज्ञानिकहरूको अनुमान छ ।

त्यसपछि तापक्रम केही कम हुन सक्छ। मानिस मात्र होइन, जनावर पनि जोखिममा संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठनको अनुमान अनुसार अहिले र २०२७ को बीचमा पृथ्वीको तापक्रम १९ औं शताब्दीको मध्यको तुलनामा वार्षिक 1.5 डिग्री भन्दा बढी पुग्ने छ । सन् २०१५ को पेरिस सम्झौतामा यही १.५ डिग्री सेल्सियसको औसत तापक्रमलाई विश्वको सुरक्षाका लागि खतरनाक थ्रेसहोल्ड मानिएको थियो र विभिन्न देशहरूले यो सीमा नाघ्न नदिन प्रयास गर्ने वाचा गरेका थिए ।

यसअघि एक अनुसन्धानमा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्यो भने १५ प्रतिशत प्रजातिको अन्त्य हुने बताइएको थियो । पृथ्वीको तापक्रम २.५ डिग्री सेल्सियसभन्दा बढी हुने बित्तिकै ३० प्रतिशत प्रजाति समाप्त हुनेछन् । युनिभर्सिटी अफ केप टाउन, युनिभर्सिटी अफ बफेलो तथा युनिभर्सिटी अफ कनेक्टिकटले संयुक्तरूपमा गरेको एक अनुसन्धानमा यस्तो दाबी गरेका हुन् । AP/ AFP

प्रतिक्रिया