शुक्रबार, चैत १६, २०८०

सामलिङ्ग पावरको आईपीओ आजदेखि, कति कित्ता भर्ने ?

नेपालखोज २०७८ कार्तिक ४ गते ८:०३

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको साधारण सेयर (आईपीओ) आजदेखि खुलेको छ । सात करोड ३० लाख रुपैयाँबराबरको सात लाख ३० हजार कित्ता आईपीओ खुलेको हो ।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्ने सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया