बुधबार, असोज २३, २०८१

राष्ट्र बैंकद्वारा पुन : २० अर्ब २५ करोडको ट्रेजरी आव्हान

नेपालखोज २०७९ पुष १७ गते १६:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने पुस १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब ७५ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश : २०७९ माघ १७ गते, २०७९ चैत २१ गते र २०८० पुस १७ गते तोकिएका छन् । यि ट्रेजरीहरुमा १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको र बाँकी सात अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ रहेको छ ।

यसअघि यही पुस ११ गते पनि राष्ट्र बैकले १८ अर्ब ५० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया