पालिका अधिवेशनबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७८ कार्तिक ४ गते १०:३९

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक आज (बिहिबार) बस्दै छ । पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

यस्तै बैठकमा विधान महाधिवेशनको समीक्षा र अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे पनि छलफल हुने बताइएको छ । बैठक अपराह्न्न ३ बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ ।

प्रतिक्रिया