शुक्रबार, जेठ ३, २०८२

सुनचाँदीकाे मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०७८ कार्तिक ४ गते ११:०५

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९१ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सयले नै बढेको छ ।

आज तेजावी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी आज तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार २ सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया