ज्यान गुमाउनेको संख्या सय नाघ्यो, ४१ जना बेपत्ता

काठमाडौं । बाढी पहिरोमा परि देशभर ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानमा परी आज दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, वाग्तमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको जनाइएको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् ।
बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ ।

प्रतिक्रिया