निर्माण व्यवसायमैत्री कानुन निर्माण गर्ने झाँक्रीको प्रतिबद्धता

नेपालखोज २०७८ कार्तिक ४ गते १९:४७

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानुन निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन हुनुपर्ने बताएकी छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानुन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएकी हुुन् । निर्माण व्यवसायी विकास परिषद्लाई निर्माण उद्योगको विकास र प्रवद्र्घन हुने किसिमका कार्यक्रम बनाएर क्रियाशील पार्नु पर्ने बताउँदै मन्त्री झाँक्रीले गुणस्तरीय निर्माण कार्यमा जोड दिईन् । निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने भएता पनि लो बिडिङका कारण निर्माण उद्योगमा समस्या देखिएको उनले बताईन् ।

निर्माण व्यवसायीहरूले क्रमशः आफ्नो क्षमता बढाउँदै लगी विदेशी व्यवसायीहरूबाट सीप सिकेर आफ्नो स्तरोन्नति गर्नुपर्ने धारणा मन्त्री झाँक्रीले व्यक्त गरिन । महासंघ अध्यक्ष रविसिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका समस्या र समाधानका बारेमा लिखित सुझाव मन्त्री झाँक्री समक्ष पेस गरेको छ ।

महासंघ प्रतिनिधिमण्डलले शहरी विकास मन्त्री नियुक्त भएकोमा मन्त्री झाँक्रीलाई बधाई दिँदै उनको कार्यकालको सफलताका लागि शुभकामना दिएको छ । महासंघको प्रतिनिधिमण्डले धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बिमा शुल्क वृद्धिलगायतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री झाँक्रीलाई बुझाएको छ ।

त्यस्तै आयकर मुल्य अभिवेद्धि करमा छुट, बैंक ग्यारेण्टी नवीकरण निशुल्क, विमाको नवीकरण निशुल्क, पुर्नकर्जाको व्यवस्था, बोलपत्रको क्राइटेरिया, विद्यमान ऐन कानुन संशोधनसहितका विषयमा पनि मन्त्री झाँक्रीको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया