प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७८ कार्तिक ५ गते ६:१८

काठमाडाैं । जल तथा माैसम विज्ञान विभागले नेपालमा हाल असर गर्ने उलेखनिय मौसमी प्रणाली नरहेकाे जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेकाे छ ।

आज दिउँसो प्रदेश न १, प्रदेश न २, वाग्मती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।  प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

प्रतिक्रिया