मंगलबार, असार १७, २०८२

‘विश्वभर कोरोनाले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु’

नेपालखोज २०७८ कार्तिक ५ गते ७:४८

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीले विश्वमा झण्डै १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको बताएको छ ।

संगठनका अनुसार गत वर्ष जनवरी देखि यो वर्षको मे महिनासम्म कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार स्वास्थ्य कामदार कोरोना संक्रमणबाट मारिएका छन् ।

कोरोना विरुद्धको लडाइमा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी र हेल्थकेयर स्टाफहरुको सुरक्षामा गम्भिर हुन संगठनले अपिल समेत गरेको छ ।

झनै पनि विश्वका कतिपय देशहरुमा स्वास्थ्य कामदार कोरोना खोपको प्राथमिकतामा नपरेको स्मरण गराउँदै संगठनले तत्काल उनीहरुलाई खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

विश्वमा करिब १३ करोड ५० लाख स्वास्थ्यकर्मी र हेल्थकेयर स्टाफहरु रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

प्रतिक्रिया