आलमको मुद्दामा आज पेसी, भट्टराई र सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुँदै

नेपालखोज २०७८ कार्तिक ५ गते ११:२८

काठमाडौं । सर्वोच्च अदालतमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि सुनुवाईका लागि आज पेसी तोकिएको छ ।

हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । आलम रौतहटबाट निर्वाचित सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् ।
विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दा उनलाई लागेको छ ।

आज न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुँदैछ । यसअघि पटक पटक पेसी तोकिए पनि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाई स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया