यती एयरलाइन्सले पनि पायाे अन्तर्राष्ट्रिय उडानको अनुमति

नेपालखोज २०७८ कार्तिक ५ गते १४:०४

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीले जनाएको हाे ।

प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी पाएको छ ।

प्रतिक्रिया