प्राधिकरणले २ हजार मेगावाटका आयोजना अघि बढाएको छ : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले २ हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन् ।
शुक्रबार (आज) नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक घिसिङले विद्युत प्राधिकरणले २ हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका हुन् ।
उनले प्राधिकरणले ठूला आयोजनाहरु सुरु गरेन भन्ने भ्रम चिर्न २ हजार मेगावाटको आयोजना बाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने बताए ।
उनले अपर अरुण र अरुण चौथो गर्दा करिब १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको बताए ।
उनले आजको चुनौती भनेकै माग बढाउने र विद्युत खपत बढाउने रहेको बताउँदै वर्षातकाे कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताए । उनले अहिले हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको बताए ।
प्रवन्ध निर्देशक घिसिङले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने ट्रान्सलेशन लाइन बनाउने तर्फ प्राधिकरण बढीरहेको बताए । उनले इलेक्ट्रिकल भेकल र कुकिङलगायतका विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने बताए ।
उनले विद्युतको खपत बढाउन प्रशारण लाइन सुदृढिकरणको काम भइरहेपनि अदालतको आदेश र स्थानीयको अवरोधका कारण तीव्र गतिमा काम हुन नसकेको गुनासो गरे ।

प्रतिक्रिया