शनिबार, वैशाख ८, २०८१

वाणिज्य बैंकको वार्षिकोत्सवमा २४९ जनाले गरे रक्तदान

नेपालखोज २०७८ माघ ५ गते १८:१४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे ।

रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् । त्यस्तै बैंकको १ नं प्रादेशिक कार्यालय बिराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय नेपालगंजमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरे ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको होे ।

प्रतिक्रिया