हङकङमा नयाँ संक्रमण : ७ जनाकाे मृत्यु, अलर्ट जारी

काठमाडाैं । फेरि एक पटक हङकङबाट एउटा घातक संक्रमणले मानव जातिलाई चुनाैती दिन सुरु गरेकाे छ । याे संक्रमणका कारण अहिलेसम्म सातजनाकाे मृत्यु भइसकेको पुष्टि गरिएकाे छ ।
अहिलेसम्म हङकङ मात्र याे संक्रमणसँग जुधिरहेकाे पाइएकाे छ जसले हङकङमा नयाँ स्वास्थ्य संकट सृजना गरेकाे छ ।
एक रिपोर्टका अनुसार, याे संक्रमण फ्रेस पानीमा हुने माछाबाट फैलिएकाे हाे । हङकङकाे फिस मार्केटले माछाबाट फैलिएकाे याे संक्रामक प्रकोपकाे रिपोर्ट पनि दिएकाे छ ।
समुद्री खाद्य विशेषज्ञहरुले उपभोक्ताहरुलाई बजारकाे माछा खरिद गर्दा फ्रेस पानीको माछा नछुन सचेत गराएका छन् ।
स्वास्थ्य अधिकारीहरुले सन् २०२१ काे सेक्टेम्बर र अक्टाेबर महिनामा याे घातक ग्रुप बी स्ट्रेप्टोकोकस सूक्ष्म जीवकाे संक्रमणकाे ७९ वटा घटना दर्ता भएपछि चेतावनी जारी गरेका छन् ।
रिपोर्टमा भनिएकाे छ – ‘याे संक्रमणबाट कम से कम सात जनाकाे ज्यान गएकाे जानकारी प्राप्त भएकाे छ ।’ स्वास्थ्य सुरक्षा केन्द्र (सीएचपी)ले बिहीबार के पुष्टि गरेकाे छ भने याे संक्रमणकाे पहिचान एसटी २८३ का रुपमा भएकाे छ ।
संक्रमित ३२ जना बाट त्यसको पुष्टि गरिएकाे हाे । रिपोर्ट अनुसार प्रति ३० दिनमा करीब २६ वटा संक्रमणकाे घटना देखा परेकाे छ र पछिल्लो समयमा आएर याे संक्रमणको चपेटमा आउनेहरुकाे संख्या लगातार बढीरहेको छ ।
प्रतिक्रिया