शुक्रबार, वैशाख १४, २०८१

सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

नेपालखोज २०७८ कार्तिक ६ गते २१:०८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताएकी छन् । सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिइन्।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ ।” सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उनको जोड थियो ।

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उनले विगतमा अधिकारका लागि संघर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि संघर्ष गर्नुपर्ने समय आएको बताए । उनले भनिन्, “हामीले प्राप्त गरेका राजनीतिक, आर्थिक र सामाजिक अधिकार घरपरिवारबाटै कार्यान्वयन गर्नुपर्छ, अधिकार कार्यान्वयनको जागरुकता राख्नुपर्छ ।”

सो अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६र७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६२४ रहेकामा आव २०७७र७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १७९ र पुरुष सदस्य तीन हजार ४२३ गरी जम्मा ११ हजार ६०२ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिए ।

आव २०७६र७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १०० शेयर पुँजी संकलन भएकामा आव २०७७र७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७०० सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८०० पुगेको छ । संस्थाले २०७६र७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९२४ बचत संकलन गरेकामा आव २०७७र७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९१० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८३५ पुगेको छ ।

आव २०७६र७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७र७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमासरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया