शुक्रबार, जेठ ४, २०८१

प्रधानमन्त्री देउवाले आज पूर्वका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने

नेपालखोज २०७८ कार्तिक ७ गते ७:१५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पूर्वी नेपालमा बाढी–पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्दैछन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको टोलीमा अन्य मन्त्री पनि सहभागी हुनेछन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ टोलीमा रहने बताइएको छ ।

प्रधानमन्त्री देउवाले बाढीपहिरोले बढी प्रभावित भएको पूर्वका विभिन्न जिल्लामा स्थलगत निरीक्षण गर्ने र आजै काठमाडौं फर्कने स्वकीय सचिव भानु देउवाले बताए ।

प्रतिक्रिया