बिहीबार, वैशाख १३, २०८१

टी–२० विश्वकप : आज भारत र पाकिस्तान भिड्दै

नेपालखोज २०७८ कार्तिक ७ गते ८:५३

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

खेल दुवईमा नेपाली समयअनुसार राती पौने ८ बजेदेखि सुरु हुनेछ । विराट कोहलीको कप्तानीमा भारत पहिलोपल्ट टी–२० विश्वकप जित्ने प्रयासमा छ । पाकिस्तानको कप्तानी बाबर अजमले गरेका छन् ।

आजै हुने पहिलो खेलमा समूह १ का बंगलादेश र श्रीलंका आमने–सामने हुँदैछन् । दुवै टोली पहिलो चरणको प्रतिस्पर्धाबाट छानिएर सुपर १२ मा आएका हुन् ।

प्रतिक्रिया