शनिबार, वैशाख १५, २०८१

२७ अंकले बढ्यो नेप्से, २ अर्ब ७७ करोडकाे कारोबार

नेपालखोज २०७८ कार्तिक ७ गते १५:३४


काठमाडौं । नेप्से पहिलो कारोबार दिन अर्थात आज आइतबार नै सकारात्मक दिशामा गएको छ । नेप्से आज २७ दशमलव ५१ अंकले बढेर २५ सय ८४ दशमलव ५२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २४ अंकले बढेर चार सय ९० दशमलव ६८ अंकमा चढेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको ३८ हजार एक सय ४७ पटकको कारोबारमा ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ७७ करोड ३४ लाख २० हजार एक सय ३५ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा ट्रेडिङ समूहको सूचक घटेर बाँकी समूहहरुको सूचक उच्च अंकले बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव १३ अंकले बढेर १८ सय पाँच दशमलव ८८ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ३९ दशमलव ५५ अंकले बढेर ११ हजार पाँच सय १९ दशमलव २९ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि ६७ दशमलव ३१ अंकले बढेर १४ हजार चार सय १४ दशमलव ५९ अंकमा चढेकोमा विकास बैंक, जलविद्युत, फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज वेष्ट फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ४१ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर १५ सय २५ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज आईसीएफसी फाइनान्सको प्रतिकित्ता सात सय नौ रुपैयाँ अन्तिम मुल्यमा १५ करोड ९१ लाख ८६ हजार छ सय पाँच रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया