शुक्रबार, जेठ ३, २०८२

टी-ट्‌वान्टी विश्वकप : पाकिस्तानको ऐतिहासिक जित, भारत १० विकेटले पराजित

नेपालखोज २०७८ कार्तिक ८ गते ६:१७

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानले ऐतिहासिक जित हात पारेको छ ।

आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो । आजसम्म पाकिस्तानले विश्वकपको कुनै पनि खेलमा भारत बिरुद्ध जित दर्ता गरेको थिएन ।

भारतको १५२ रनको लक्ष्य पाकिस्तानी टीमले १७.५ ओभरमा एक विकेट गुमाएर प्राप्त गरेको थियो । मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र बाबर आजमले ५२ बलमा ६८ रन बनाए ।

पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

प्रारम्भिक असफलता पछि, भारतीय टीमका कप्तान विराट कोहली र ऋषभ पन्तले यसमा ठूलो भूमिका खेले । कोहलीले ५७ र पन्तले ३९ रन बनाए ।

१५२ रनको लक्ष्य पाउन पहिलो ओभर पाकिस्तानी टिमको लागि राम्रो थियो। ओपनर मोहम्मद रिजवानले भुवनेश्वर कुमारको पहिलो ओभरमा १० रन लिए ।

प्रतिक्रिया