शुक्रबार, जेठ ३, २०८२

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटेनह्याम पराजित

नेपालखोज २०७८ कार्तिक ८ गते ७:१२

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

गएराती भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे । नेबी केइटा र डिएगो जोटाले एक÷एक गोल गरे ।

खेलको पाँचौँ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

अर्को खेलमा टोटेनह्याम वेस्ट ह्यामसँग १–० गोल अन्तरले पराजित भएको छ । वेस्ट ह्यामको जितमा माइकल एन्टोनियोले निर्णायक गोल गरेका हुन् ।

प्रतिक्रिया