सर्वाेच्चको पूर्ण बैठक बस्दै, १४ न्यायाधीशले बहिष्कार गर्ने

नेपालखोज २०७८ कार्तिक ८ गते ८:२१

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् ।

हिजो नेपाल बारका पदाधिकारीसँग भएको छलफलपछि प्रधानन्यायाधीश बैठक बोलाउन तयार भएका थिए । तर जबराले बैठक बोलाए पनि असन्तुष्ट १४ न्यायाधीश भने अनुपस्थित हुने भएका छन् ।

कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले पूर्ण बैठकमा नजाने निर्णय गरेका थिए ।

प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय बैठकमा राख्ने बताएका छन् ।

बारका महासचिव लीलामणि पौडेलका अनुसार आज बस्ने बैठक जबरालाई लागेको आरोपकै विषयमा केन्द्रित हुने सम्भावना छ ।

मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ ।

प्रतिक्रिया