सोमबार, जेठ ७, २०८१

इतिहासका सबैभन्दा क्रूर शासक को ?

नेपालखोज २०८० मंसिर २६ गते १५:५०

एटिला द हूण : सन् ४३४-४५३ सम्म शासन गर्ने एटिलालाई हुन साम्राज्यको मात्र नभई सम्पूर्ण विश्वका सबैभन्दा क्रूर शासकहरू मध्ये एक मानिन्छ । उनि आफ्ना दाइलाई मारेर सम्राट बनेका थिए ।

चंगेज खान : मंगोल साम्राज्यका शासक चंगेज खानले आफ्नो क्रूरताको बलमा संसारको सबैभन्दा ठूलो साम्राज्य खडा गरेका थिए । उनको शासन १२०६ देखि १२२७ ईस्वी सम्म चलेको थियो ।

तैमुर : १३७० – १४०५ ईस्वी बीच एशियाको ठूलो भागमा तैमूर शासन गरेका थिए । उनको अत्याचारका कथाहरू अझै पनि मध्य एसियाभर सुनाइन्छ ।

क्वीन मेरी – प्रथम : इङ्गल्याण्डकी रानी मेरीले कुनै कारणविना ‘ब्लडी मेरी’ नाम पाएकि होईनन् । १५५३ मा रानी बनेपछि उनले सयौं प्रोटेस्टेन्ट ईसाईहरूलाई जलाएर मारेकि थिईन ।

भ्लादिमिर लेनिन : रुसका यी नेता सन् १९१७ देखि १९२४ सम्म शासक थिए । यस अवधिमा उनले आफ्ना विरुद्ध उठ्ने हरेक आवाजलाई निर्ममतापूर्वक कुल्चिए ।

जोसेफ स्टालिन : रुसले स्टालिनका रुपमा आफ्नो पूर्ववर्ती शासक लेनिन भन्दा डरलाग्दो नेता पायो । स्टालिनको कार्यकालमा हजारौं मानिस कहाँ बेपत्ता भए थाहा भएन ।

एडोल्फ हिटलर : संसारका सबैभन्दा क्रूर शासकको सूची बनाउँदा त्यसमा हिटलरको नाम नहुने कुरै हुँदैन । हिटलरले लाखौं निर्दोष यहूदीहरूलाई यातना दिएर मारेका थिए ।

माओत्सेतुङ : चीनका नेता माओत्सेतुङ पनि आफ्ना जनतालाई दमन गर्न कुनै तानाशाह भन्दा कम थिएनन् । उनकै कारणले चीनमा अकालमै लाखौं मानिसले ज्यान गुमाए ।

इदी अमीन : युगान्डाका शासक जनरल इदी अमीनले अत्याचारको सबै सीमा पार गरे । युगान्डामा ३ लाख मानिसको ज्यान जानुमा यिनै तानाशाह जिम्मेवार थिए ।

अगस्टो पिनोचे : सन् १९७३ मा चिलीमा सत्ता कब्जा गरेका पिनोचे आफ्नो देशका जनताका लागि दुःस्वप्न साबित भए । उनले हजारौं विरोधीलाई नराम्रो सँग यातना दिए ।

प्रतिक्रिया