अमेरिकाले दिएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुग्यो
नेपालखोज
२०७८ कार्तिक ८ गते १०:१४

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।
काठमाडौं आइपुगेको एक लाख बढी डोज फाइजर खोप कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले उपलब्ध गराइएको गराएको हो ।
कतार एअरवेजको विमानमार्फत् फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।
अहिले आएको फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया