सुनचाँदीको मूल्य फेरी बढ्यो, आजको भाउ कति ?

नेपालखोज २०७८ कार्तिक ८ गते १२:०५

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ ।

आज तेजावी सुन ३ सय रूपैयाँले नै बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले बढेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया