कहाँबाट आए नेपालमा अफगानी ? सिनामंगलबाट एक दर्जन प्रहरी नियन्त्रणमा
नेपालखोज
२०७८ कार्तिक ८ गते १२:५७

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले काठमाडौंबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ ।
सीआइबीको टोलीले आज सिनामंगलको एक घरमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई अध्यागमन कार्यालयमा बुझाउने तयारी सीआइबीले गरेको छ ।
सुनौली नाका हुँदै केही दिनअघि नेपाल छिरेका उनीहरूलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एउटा घरमा राखेको बुझिएको छ ।
अफगानिस्तानमा तालिवान शासन सुरु भएपछि भागेर भारत प्रवेश गरेका उनीहरूसँग भारतीय नक्कली आधार कार्ड पनि फेला परेको प्रहरीले जनाएको छ ।
भारतीय नाकाहरूबाट अफगानीहरू नेपाल छिराउने क्रम बढेको सूचना पाएपछि गृह मन्त्रालयले नाकामा कडाई थालेकै बेला काठमाडौंमा नै अफगानीहरु फेला परेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया