शनिबार, जेठ ४, २०८२

चौबीस घण्टामा ७७६ संक्रमित थपिए, १३ जनाकाे मृत्यु

नेपालखोज २०७८ कार्तिक ८ गते १६:३७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ५०१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २८४ जनाको पीसीआर परीक्षणबाट ६७३ र २ हजार ५८० जनामा गरिएको एन्टिजेन परीक्षणमा १०३ जना गरी जम्मा ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ ।

प्रतिक्रिया