नेपाल बार एसाेसिएसनले माग्याे प्रधानन्यायाधीश जबराकाे राजीनामा

काठमाडाैं । नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर जबराले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको छ ।
सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बेलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरुले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधान्यायाधीश राणाले पदबाट निकास दिनुपर्ने निस्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण जनताले न्याय पाउन नसकेको बताए ।
उनले बारको आजको बैठकले न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले न्यायप्रशासन सम्हाल्न नसकेको निस्कर्ष निकाल्दै निकास दिनुपर्ने बताए । अध्यक्ष श्रेष्ठले कोही एक व्यक्तिको कारण न्यायपालिकालाई बन्दी बनाउन नमिल्ने तर्क गरे ।
अध्यक्ष श्रेष्ठले मंगलबार बिहान ११ बजे बस्ने बारको बैठकमा पदाधिकारीहरुको निस्कर्षबाट ठोस निर्णय लिने बताए ।

प्रतिक्रिया