नेपाल एयरलाइन्सकाे कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त
नेपालखोज
२०७८ कार्तिक ८ गते १९:०३

काठमाडौं । नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएसँगै मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेसँगै अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेकाे बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया