विदेशबाट भित्रने रेमिट्यान्स मुख्य सिजनमै घट्याे
नेपालखोज
२०७८ कार्तिक ८ गते २०:०३

काठमाडाैं । विदेशबाट भित्रने रेमिट्यान्स यस वर्ष मूख्य सिजनमा नै घटेको छ । दसैँ अघि विदेशबाट हरेक वर्ष ठूलो मात्रामा रेमिट्यान्स भित्रने गरेको थियो । हरेक वर्ष दसैँको बेला वृद्धि हुने रेमिट्यान्स यस वर्ष भने घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार दसैँ अघिको महिना अर्थात भदौमा विदेशबाट १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको छ ।
यो अघिल्लो वर्षको तुलनामा ६.३ प्रतिशतले कमी हो । यस अघि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि रेमिट्यान्स १८ प्रतिशतले घटेको थियो ।
सम्बन्धित
प्रतिक्रिया