मंगलबार, असार १७, २०८२

दक्षिण कोरियाले इरानलाई काेराेनाविरुद्धको खोप दिने

नेपालखोज २०७८ कार्तिक ८ गते २०:१९

सियोल । दक्षिण कोरियाले इरानलाई कोभिडविरुद्धको खोप प्रदान गर्ने भएको छ । कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पुर्‍याइने छ ।

उक्त खोप इरानले कोभिड खोप अभावमा खेप्नुपर्ने मानवीय समस्यालाई ध्यानमा राखेर सहयोग गरिएको कोरियाको विदेश मन्त्रालयले जनाएको छ ।

उक्त सहयोगबाट छ दशक लामो द्विदेशीय सम्बन्ध थप सुमधुर हुने दक्षिण कोरियाले अपेक्षा गरेको छ । दक्षिण कोरियाले यस महिनाको सुरूमा भियतनामका लागि एस्ट्राजेनेका खोपको ११ लाख डोज र थाइल्याण्डका लागि ४७०,००० खोपहरू उपलब्ध गराएको थियो ।

दक्षिण कोरियाको पूर्ण खोप दर कूल जनसंख्या को ७० प्रतिशत नाघेपछि अन्य देशलाई गर्ने खोप सहयोग कार्यलाई तीव्रता दिएको छ । रासस

प्रतिक्रिया