शनिबार, वैशाख १३, २०८२

मंगल ग्रहद्वारा राशि परिवर्तन, विभिन्न राशिमा यसको प्रभाव

नेपालखोज २०७८ कार्तिक ९ गते ८:३२

ज्योतिषशास्त्रअनुसार मंगल ग्रह ग्रहहरुको सेनापति हुन् । मंगल ग्रह साहस, पराक्रम एवं वीरताका परिचायक हुन् । मंगल ग्रह यही कार्तिक ५ गते शुक्रबार (२२ अक्टोबर ) देखि राशि परिवर्तन गर्दै कन्या राशिबाट तुला राशिमा प्रवेश गरेका छन् । तुला राशिमा मंगलको बास मङ्सिर १९ गते आईतबार ( ५ डिसेम्बर ) सम्म रहनेछ । हरौं मंगलको राशि परिवर्तनबाट अन्य राशिहरुमा पर्ने प्रभाव :

मेष : मेष राशिका धनीहरुलाई मंगलको यो राशि परिवर्तनले मिश्रित फल प्रदान गर्नेछ । दाम्पत्यत्य जीवन र नोकरीमा केही समस्या देखा पर्न सक्छ । सामाजिक प्रतिष्ठा एवं परिवारिक सहयोगमा वृद्धि हुनेछ ।

वृष : यो राशिका जातकहरुले सावधान रहनु पर्नेछ । स्वास्थ गडबड हुन सक्छ भने कार्य स्थलमा टकराव एवं पारिवारिक कलह सिर्जना हुन सक्छ । यात्राको योग छ । अपरिचितहरसँग सावधान रहनु पर्नेछ ।

मिथुन : यो राशिका लागि मंगलले शुभ समय लिएर आएको छ । विवाहको योग बनिरहेको छ । नोकरीमा उन्नति र पारिवारिक सहयोगमा वृद्धि हुने देखिन्छ । खानपानमा सावधानी अपनाउनु होला ।

कर्कट : मंगलको राशि परिवर्तनले कर्क राशिलाई मिश्रीत प्रभाव दिनेछ । मेहनतको फल प्राप्त भएपनि अप्रत्याशित लाभको सम्भावना छैन । आमा हुनेहरुले उहाँको स्वास्थको विशेष ख्याल राख्नुहोला ।

सिंह : यो राशिका धनीहरुका लागि शुभ समाचार छ । हरेक क्षेत्रमा सफलताको योग बनिरहेको छ । पारिवारिक प्रेममा बृद्धि हुनेछ । अध्ययनमा राम्रो परिणाम हात पर्नेछ ।

कन्या : यो राशि हुनेहरुले बोलिबचनमा लगाम कस्दै संयमित रहनु पर्नेछ । फजुल खर्च र खानपानमा सावधान रहनुहोला । अन्य क्षेत्रमा लाभको योग छ ।

तुला : मंगलले राशि परिवर्तन गरेर तुलामा प्रवेश गर्ने भएकाले तुला राशि हुनेहरूलाई नोकरी तथा व्यवसायमा लाभ हुनेछ । छात्र-छात्राहरुका लागि पनि समय शुभ छ । यद्यपि आफ्नो खराब बानीबाट जोगिनुहोला ।

वृश्चिक : यो राशिका स्वामिहरुले मानसिक तनाव, मुद्दा मामिला वा विवादको सामना गर्नुपर्ने हुनसक्छ । खर्च पनि बढ्ने छ ।

धनु : यो राशि हुनेहरुले यतिबेला सावधान रहनु पर्नेछ । खराब बानी अर्थात रक्सी-जुवा आदिबाट टाढा रहनु होला । मेहनतको फल अवस्य प्राप्त हुनेछ ।

मकर : यो राशिका स्वामिहरुलाई धन निवेश, नोकरी तथा व्यवसायको क्षेत्रमा लाभ हुनेछ । विद्यार्थीहरूका लागि पनि समय शुभ छ । सफलताको खबर सुन्न पाइनेछ ।

कुम्भ : कुम्भ राशिका लागि मंगलको यो गोचर शुभ रहनेछ । कार्यक्षेत्रमा सफलता हात पर्नुका साथै सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मीन : मीन राशिका स्वामिहरुको रूचि धार्मिक-आध्यात्मिक कार्यमा बढ्नेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । स्वास्थको ख्याल राख्नुहोला । अनावश्यक खर्च हुन सक्छ ।

यो लेखमा निहित जानकारीको सटिकता वा विश्वसनीयताको ग्यारेन्टी छैन । हामीले विभिन्न माध्यम जस्तो ज्योतिषिहरु , पञ्चाङ्ग , विभिन्न प्रवचन, मान्यताहरु तथा धर्मग्रन्थ आदिबाट यो जानकारी संग्रहित गरेका हौं । यसलाई केवल सूचनाका रुपमा ग्रहण गर्नुहोला । यो सूचनाको उपयोगको जिम्मेवारी स्वयं उपयोगकर्तामा रहनेछ ।

प्रतिक्रिया