बिहीबार, चैत १५, २०८०

संसारका उत्कृष्ट सहर, नेपालकाे स्थान कहाँ ?

नेपालखोज २०७८ कार्तिक ९ गते ११:४५

काठमाडौं । संसारका उत्कृष्ट सहरहरु कुन हुन् ? याे जिज्ञासा मेटेकाे छ अन्तर्राष्‍ट्रिय मिडिया संस्‍था टाइम आउटले । हालै जारी याे सूचीमा संसारभरका ३७ उत्कृष्ट सहर समेटिएका छन् ।

कोरोना महामारीबीच उत्कृष्ट सहर छान्न टाइम आउटले केही मानक निर्धारण गरेकाे थियाे । ती मानकमा शहरकाे खान-पान, संस्‍कृति तथा राम्रो नाइटलाइफलाई मुख्य आधार बनाइएकाे थियाे । यी मानकमा पर्न लायक नेपाली सहर सम्भवतः थिएनन् त्यसैले कुनै नेपाली सहर याे सूचीमा पर्न सफल भएनन् । शीर्ष स्थानका पाँच सहर :

सान फ्रान्सिस्को :

राताे रङका पुलहरु, आफूप्रति आकर्षित गरिरहेका भव्य रेस्टुँराहरु तथा टेक इन्डस्ट्रीका लागि प्रख्यात अमेरिकी सहर सान फ्रान्सिस्कोलाई संसारकाे सर्वाधिक उत्कृष्ट सहर मानिएकाे छ ।

खान-पान, संस्कृति तथा राम्रो नाइट लाइफका आधारमा टाइम आउटले सान फ्रान्सिस्कोलाई पहिलाे स्थान दिएकाे छ । याे सहर क्यालिफोर्निया राज्यकाे चौथाे सर्वाधिक जनसंख्या भएकाे सहर हाे भने संयुक्त राज्य अमेरिकामा याे बाराैं सर्वाधिक जनसंख्या भएकाे सहर हाे ।

एम्सटर्डम :

याे सूचीकाे दाेस्रो स्थानमा नेदरल्यान्डको राजधानी एम्सटर्डम छ । एम्स्टर्डम नेदरल्यान्डको आर्थिक राजधानीका साथै युरोपकाे प्रमुख वित्तीय केन्द्रमध्ये एक हाे । एम्सटर्डम नेदरल्यान्डको सांस्कृतिक राजधानी पनि मानिन्छ ।

म्यानचेस्टर :

बेलायती सहर म्यानचेस्टर यो सूचीकाे तेस्रो स्थानमा छ । सन् १८५३ मा नगरकाे दर्जा पाएकाे याे सहर सुती वस्त्र उद्योगका लागि प्रसिद्ध छ । म्यानचेस्टर युनाइटेड फुटबल क्लब ग्रेटर म्यानचेस्टरकाे ओल्ड ट्रेफोर्डमा स्थित एक फुटबल क्लब हाे जुन संसारकै सबैभन्दा लोकप्रिय फुटबल क्लबमध्ये एक हो ।

कोपनहेगन :

चौथाे स्‍थानमा डेनमार्ककाे राजधानी कोपनहेगन छ । याे डेनमार्ककाे सबैभन्दा ठूलो सहर हाे । कोपेनहेगन जिलन्ड र अमागर द्वीपमा फैलिएकाे छ ।

कोपनहेगन उत्तरी युरोपकाे सबैभन्दा सघन क्षेत्रमध्ये एक हाे । कोपनहेगन सर्वाधिक पर्यटकले भ्रमण गर्ने सहर पनि हाे । विदेशी पर्यटकहरुलाई याे सहर खुब मन पर्छ । जीवन स्तरको दृष्टिले याे विश्वका सर्वश्रेष्ठ सहरमध्ये एक हाे । याे सहर पर्यावरण-अनुकूल पनि छ । याे सहरका ३६ प्रतिशत नागरिक साइकिलबाट काममा जान्छन् ।

न्‍युयाेर्क :

संसारका उत्कृष्ट सहरकाे सूचीको पाँचौं स्थानमा छ न्‍युयाेर्क । याे सहर संयुक्त राज्य अमेरिकाकाे सबैभन्दा बढी जनसंख्या भएकाे सहर हाे ।

यसलाई अन्तर्राष्ट्रिय सहर पनि भनिन्छ । आर्थिक रूपमा याे संसारकै सर्वाधिक शक्तिशाली सहर हाे । न्युयाेर्क सहरमा संयुक्त राष्ट्रसंघकाे मुख्य कार्यालय पनि छ ।

न्युयाेर्क सहरकाे नाम सत्राैं शताब्दीमा ड्यूक अफ यार्क अर्थात् बेलायतका भावी राजा जेम्स द्वितीयकाे नाममा राखिएकाे थियाे । उत्कृष्ट २० सहरमा चार एशियालि संसारका उत्कृष्ट २० सहरमध्ये ४ वटा सहर एसियाका छन् ।

जसमध्ये इजराइलको आर्थिक राजधानी तेल अभिभ आठाैं स्‍थानमा छ । याे इजरायलकाे दाेस्रो सबैभन्दा बढी जनसंख्या भएकाे सहर हाे ।

तेल अभिभ ह्‌वाइट सिटीका रुपमा सन् २००३ देखि युनेस्‍कोकाे विश्‍व सम्पदा सूचीमा पनि समावेश छ । तेल अभिभ लोकप्रिय अन्तर्राष्ट्रिय पर्यटन स्थल पनि हाे ।

मध्यपूर्वमा तेल अभिभकाे अर्थव्यवस्थालाई दाेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था मानिन्छ । याे संसारकाे १९औं महँगाे सहर पनि हाे । याे सूचीकाे दशाैं स्‍थानमा जापानकाे राजधानी टोकियाे छ भने सत्राैं स्‍थानमा चीनकाे आर्थिक राजधानि सांघाई छ । यसैगरी अर्को एसियाली सहर हङकङ बीसाैं स्थानमा छ ।

संसारका २० उत्कृष्ट सहर :

१ – सन फ्रान्सिस्‍को
२ – एम्‍सटर्डम
३ – म्यानचेस्‍टर
४ – कोपेनहेगन
५ – न्‍यूयाेर्क
६ – मान्ट्रियल
७ – प्राग
८ – तेल अभिभ
९ – पोर्तो
१० – टोकियाे
११ – लस एन्जलस
१२ – सिकागो
१३ – लन्डन
१४ – बार्सिलोना
१५ – मेलबर्न
१६ – सिड्नी
१७ – सांघाई
१८ – म्याड्रिड
१९ – म्याक्सिको सिटी
२० – हङकङ ।

यसरी तयार भयाे सूची कोरोना महामारीका क्रममा सामुदायिक भावना, सहरी वातावरण, पर्यावरण तथा मानिसहरुकाे मैत्रीपूर्ण व्यवहारजस्ता मानकमा २७ हजार मानिसकाे राय लिएपछि याे सूची तयार गरिएकाे हाे ।

टाइम आउटका अनुसार प्रगतिशीलता, स्वीकार्यता तथा स्थिरताकाे बेजोड मेलका कारण सान फ्रान्सिस्कोकाे तुलना अरुसँग गर्न सकिँदैन ।

निकै आकर्षक ढंगले तयार गरिएका यहाँका पार्कलेटले याे सहरलाई कुनै विशाल स्ट्रिट पार्टी स्थलमा परिवर्तित गरेकाे छ । दाेस्रो नम्बरमा भएकाे एम्सटर्डमकाे २७ प्रतिशत क्षेत्र हराभरा छ ।

यहाँका मानिस आधुनिक तथा पर्यावरणप्रेमी छन् । तेस्रो नम्बरको म्यानचेस्टरलाई ७१ प्रतिशत मानिसले रचनात्मक मान्छन् ।

कोपेनहेगनलाई ६६ प्रतिशत मानिसले आरामदायक बताए । टोकियाेलाई ८२ प्रतिशतले नयाँ चीजकाे खोज गर्ने सहर माने । उनीहरुका अनुसार स्वच्छताका साथ टाेकियाे सहरकाे हर कुनामा जापानकाे कला झल्कन्छ ।

प्रतिक्रिया