झिनो अंकले बढ्यो नेप्से, पाँच अंकले बढ्दा सात अर्ब ४६ करोडको कारोबार

काठमाडौं ।नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन ३३ दशमलव ८३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पाँच दशमलव ३६ अंकले बढेर २८ सय ३८ दशमलव ४० अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५८ अंकले घटेर चार सय ७६ दशमलव ८७ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको ९६ हजार पाँच सय ७३ पटकको कारोबारमा एक करोड ८० लाख ६३ हजार सात सय २८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ४६ करोड छ लाख ९८ हजार ९८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् ।
जसमध्ये जलबिद्युत समूहको सुचक २७ दशमलव ३१ अंकले बढेर चार हजार ९४ दशमलव ६० अंकमा चढेकोमा होटल तथा पर्यटन समूहको सूचक पनि एक सय १३ दशमलव ३१ अंकले बढेर आठ हजार दुई सय ७६ दशमलव ८५ अंकमा चढेको छ ।
यसैगरी उत्पादमुलक, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः एक सय ६२ दशमलव १६, ११ दशमलव ७४ र एक दशमलव ३७ अंकले बढेका छन् ।
वाणिज्य बैंक समुहको सुचक भने तीन दशमलव ९८ अंकले घटेर १४ सय ७२ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि २२ दशमलव ८८ अंकले घटेर पाँच हजार नौ सय ९८ दशमलव शुन्य सात अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि आठ दशमलव ४५ अंकले घटेर २४ सय ५० दशमलव ८२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि १० दशमलव शुन्य तीन अंकमा झरेको छ ।
निर्जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव २७ अंकले घटेर ११ हजार ८५ दशमलव ३१ अंकमा झरेकोमा लगानी, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शुन्य दशमलव १७, १६ दशमलव ४३ र शून्य दशमलव शून्य दुई अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुर्यकुण्ड हाईड्रो इलेक्ट्रीक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एशियन हाईड्रो लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया