बिहीबार, वैशाख ६, २०८१

अटोम्याटिक गियर भएका कारका बेस्ट अप्सन

नेपालखोज २०७८ कार्तिक ९ गते १४:४०

काठमाडौं । अहिले अटोम्याटिक गियरबक्स भएका निजी सवारीको माग प्रसस्तै छ । म्यानुअल गियरबक्सको तुलनामा चलाउन सरल हुनुका साथै हेभि ट्राफिकमा पनि कन्फर्टेबल महसुस गर्न सकिने अटोम्याटिक गियरयुक्त गाडीको माग निरन्तर बढ्दो छ । अहिले कम बजेटका गाडीमा पनि यो अप्सन उपलब्ध हुन थालेको छ । हेरौं यस्तै केही गाडीको विकल्प :

मारूती सुजुकी इग्निस
मारूती सुजुकी इग्निसमा १.२ लिटरको के १२ एम पेट्रोल इन्जिन दिइएको छ । यो कार म्यानुअलका अतिरिक्त फाइभ स्पीड एएमटी अटोम्याटिक गियर बक्समा पनि उपलब्ध हुन्छ । इग्निस एएमटी भारतीय बजारमा १० लाख ५० हजार जतिबाट सुररू भएर करिब सवा ११ लाख रुपैयाँसम्ममा खरिद गर्न सकिए पनि नेपाल सरकारको चर्को भन्सार, कर आदिका कारण यहाँ यसको लागि तीन दोब्बर जस्तो मूल्य चुकाउनु पर्छ । यो गाडीले २०.८९ किलोमिटर प्रतिलिटरको 1माइलेज दिन्छ । मारूती इग्निसमा डीआरएलका साथ एलईडी प्रोजेक्टर हेडलाइट, १५ इन्चको अलोय व्हील, ७ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम तथा अटोम्याटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर्स समावेश छन् ।

हुन्डाई ग्रान्ड आई टेन नियोस
हुन्डाई ग्रान्ड आई टेन नियोस पेट्रोल र डिजेल दुई बिकल्प बीच छनोट गर्न सकिन्छ । यसमा १.२ लिटरको पेट्रोल तथा १.२ लिटरको डिजल इन्जिन अप्सन उपलब्ध छ । यी दुबै इन्जिन एएमटी गियरबक्सका साथ आउँछन् । नियोस एएमटीको मूल्य भारतीय बजारमा ७.६७ लाख भारुदेखि लिएर ८.३५ लाख भारुसम्म पर्छ । अटोम्याटिक भेरियन्टको पेट्रोल इन्जिन आई टेन नियोसले २०.७ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ भने यसको डिजेल भर्सनले २६.२ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिने बताइएको छ ।

टाटा टिगोर
भारतीय बजारमा टाटा टिगोरको अटोम्याटिक भर्सनको मूल्य ६ लाख ८० हजार भारुबाट सुरु भएर ७ लाख ८० हजारसम्म छ । यसमा नेपाल सरकारको चर्को भन्सार , कर आदि जोडिएको छैन । टाटा टिगोरमा १.२ लिटरको ३ सिलिन्डरयुक्त पेट्रोल इन्जिन दिइएको छ, जुन फाइभ स्पीड म्यानुअल र एएमटी गियरबक्ससँग जोडिएको छ । यसमा पुस-बटन स्टार्ट/स्टप, अटो एसी, एन्ड्रोइड अटो तथा एप्पल कारप्लेका साथ ७ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम एवं डिजिटल इंस्ट्रूमेन्ट क्लस्टर जस्ता फिचर्स उपलब्ध गराइएको छ ।

टाटा पन्च
टाटा पन्च हालै लन्च भएको टाटाको सबैभन्दा सस्तो एसयूभी हो । टाटा टियागो र टिगोरको जस्तै यसमा पनि १.२ लिटरको पेट्रोल इन्जिन दिइएको छ जुन फाइभ स्पीड म्यानुअल र एएमटी गियरबक्ससँग जोडिएको छ । टाटा पन्चको अटोम्याटिक भेरियन्टको मूल्य भारतीय बजारमा ६.९९ लाख भारुदेखि लिएर ९.०९ लाख भारुसम्म पर्छ जुन नेपाल आइपुग्दा चार दोब्बरभन्दा माथि पर्न आउँछ । टाटा पन्चमा ७ इन्चको टचस्क्रीन, सेमी-डिजिटल इंस्ट्रूमेन्ट क्लस्टर, अटो एसी, अटोम्याटिक हेडलाइट र वाइपर्स तथा क्रुज कन्ट्रोल जस्ता फिचर्स उपलब्ध हुन्छन् ।

प्रतिक्रिया