विश्वकप क्रिकेट : स्कटल्यान्ड अफगानिस्तानसँग पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले स्कटल्यान्डलाई १ सय ३० रनले हराएको छ ।
शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० दशमलव २ ओभरमा अल आउट हुँदै ६० रनमा समेटियो ।
सुरुवाती ब्याटिङमा उत्रिएको अफगानिस्तानको लागि नजिबुल्लाह जर्दानले सर्वाधिक ५९ रन बनाए । त्यस्तै, रहमानुल्लाह गुर्बाजले ४६, हज्रातुल्लाह जजईले ४४, मोहम्मद सहजादले २२ र कप्तान मोहम्मद नाबीले ११ रन जोडे ।
बलिङतर्फ स्कटल्यान्डका सफ्यान शरिफले २ विकेट लिँदा जोश डेभी र मार्क वाटले १-१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रिभ्सले १२ र कायल कोचरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् । स्कटल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भए ।
स्कटल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका मुजीब उर रहमानले सर्वाधिक ५ विकेट लिँदा रासिद खानले ४ र नवीन उल हकले १ विकेट लिए ।
प्रतिक्रिया